२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दोषी ठहरिएका इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेको वैशाख १६ गते पेशी

प्रकाशित मिति :  २६ चैत्र २०८०, सोमबार ११:५०


काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्था हत्याउन उद्यत लम्बोदर कुमार न्यौपानेले गैरकानुनी ?पमा सम्पत्ति आर्जन गरेको ठहर भएको छ ।

गैरकानूनी ?पमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने दोषी ठहर भएका हुन् ।

आइतबार विशेष अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै उहाँलाई सजाय निर्धारणको लागि पेस गर्ने आदेश दिएको छ । सजाय निर्धारणका लागि विशेष वैशाख १६ गते पेशी तोकिएको छ ।

२०७८ सालमा न्यौपानेसहित तत्कालिन कलेजका संस्थापकह? वि?द्ध सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसमध्ये प्रतिवादी बनाइएका रामरत्न उपाध्यायसहित अन्य आठ जनालाई भने सफाइ दिइएको छ । न्यौपानेमाथि १२ करोड ४४ लाख ?पैयाँ गैरकानूनी ?पमा आर्जन गरेको आरोप थियो ।

उहाँले कलेजको अर्बौं सम्पत्ति हत्याउन ठूलो षडयन्त्र गर्नुभएको थियो । त्यसका लागि उहाँले नेपाल इन्जिनियरिङ कलेज प्रालि नामक नक्कली कम्पनी समेत खडा गर्नुभएको थियो । कलेजका संस्थापक अध्यक्ष प्राडा दीपक भट्टराईले लम्बोदर न्यौपानेको षड्यन्त्रको भण्डाफोर गर्दै अख्तियार दु?पयोग अनुसन्धान आयोग सहित विभिन्न सरकारी निकायमा उजुरी दिएकोमा लम्बोदरले अख्तियारको उजुरी तामेलीमा राख्न तत्कालिन अख्तियार आयुक्त राजनारायण पाठकलाई समेत ७८ लाख घुस खुवाएका थिए । सो प्रकरणमा समेत विशेषले उहाँलाई दोषी ठहर गरिसकेको छ ।

न्यौपानेको कर्तुत सार्वजनिक भएपछि संसदको शिक्षा तथा स्वास्थ्य समिति, अख्तियार, सम्पत्ति सुद्धिकरण, नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो समेतले छानविन गर्दै न्यौपानेले करोडौं सम्पत्ति सुद्धिकरण गरी आर्जन गरेको ठहर गर्दै मुद्दा दायर गरेका थिए । भने, कलेज बचाउन शिक्षा मन्त्रालयले चाँगुनारायण नगरपालिकाका प्रमुखको नेतृत्वमा कलेज सञ्चालक समिति गठन गरेको थियो । हाल कलेज सोही अनुसार सञ्चालन भइरहेको छ ।

न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।उनी अध्यक्ष भएका बेला कलेजको बे?जु २३ करोड १० लाख २३ हजार ४४३ ?पैयाँ देखिएको छ ।

नेपाल इन्जिनियरिङ कलेजमा न्यौपाने २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो पटक कार्यकारी अध्यक्षको ?पमा कार्यरत थिए । यस्तै उहाँको दोस्रो कार्यकाल २०७० मंसिर २३ देखि ०७५ असोज १५ गतेसम्म अध्यक्षको ?पमा कार्यरत थिए ।



प्रतिक्रिया दिनुहोस !