२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उत्तरी गाजामा ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न इजरायल तयार

प्रकाशित मिति :  २३ चैत्र २०८०, शुक्रबार ११:०२


काठमाडौं । गाजामा राहत सामग्री पु¥याउन इजरायलले तीनवटा मार्ग खोल्ने भएको छ । युद्ध शुरु भएयता पहिलो पटक उत्तरी गाजामा ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न इजरायल सहमत भएको हो ।

मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह र जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिनेछ ।

हालै गाजामा राहत सामग्री वितरण गर्ने कामदारको मृत्यु भएपछि प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको कुराकानीपछि यो निर्णय लिएका हुन् । गत सोमबार गाजामा इजरायली हमलामा खाद्य तथा परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका सातजनाको ज्यान गएपछि संस्थाले खाद्यान्न वितरणको काम रोकेको थियो ।

आक्रमण हुनुअघि सहायता कर्मचारीले देइर अल–बालाहको एउटा गोदाममा १०० टन सामानहरू उतारेका थिए । हमला गोदामबाट साढे दुई किलोमिटर टाढा भएको थियो । द्वन्द्व शुरु भएयता राहत सामग्री वितरणमा खटिएका कम्तीमा १९६ राहतकर्मीको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !