१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बढ्यो सुनचाँदीको मूल्य, सुन ताेलाकाे १ लाख २६ हजार ७ सय

प्रकाशित मिति :  १२ चैत्र २०८०, सोमबार १२:२४


काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।

गत शुक्रबारको तुलनामा सुनमा तोलाको दुई सय र चाँदीमा १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शनिबार सुनको मूल्य सार्वजनिक नहुने र आइतबारसार्वजनिक बिदा परेकाले सुनको एकैचोटी सोमबार सुनचाँदीको मूल्य सार्वजनिक भएको हो ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुन तोलाको १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी आज तोलाको एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !