१६ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

भोजपुरमा आगालागी तीन बालबालिकाको गयो ज्यान

प्रकाशित मिति :  ४ चैत्र २०८०, आईतवार ०९:३५


विराटनगर । भोजपुरमा भएको आगलागीमा परी तीनजना बालबालिकाको ज्यान गएको छ । हतुवागडी गाउँपालिका–सात पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको ज्यान गएकोे प्रहरीले जनाएको छ ।

आगलागीबाट स्थानीय रमेश कार्कीकी सात वर्षकी छोरी दिपशिखा, तीन वर्षीय छोरा दियनिस र स्थानीय केदार कार्कीका ६ वर्षका छोरा प्रनिशको ज्यान गएकोे हो । गोठमा खेलिरहेका बेला अचानक भएको आगलागीमा परेर उहाँहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । दुई दिनयता भोजपुरको जंगल क्षेत्रमा फैलिएको डढेलोका कारण स्थानीय बासिन्दा प्रभावित बनेका छन् । बस्तीसम्म आगो फैलिएर आएपछि केही घर जलेको प्रहरीले जनाएको छ ।

शनिबार अपराह्न र साँझ गरी मोरङ, भोजपुर र तेह्रथुममा भएका आगलागीमा ३२ वटा घरहरु जलेर नष्ट भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको उल्लेख गर्दै प्रहरीले आगलागीको मौसम सुरु भएकाले सजगता अपनाउन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !