२७ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालको बैंकिङ क्षेत्रमा तरंग, प्रभु बैंकका डेपुटी सीईओ र सेन्चुरी बैंकका पूर्व सीईओ पक्राउ

प्रकाशित मिति :  १५ फाल्गुन २०८०, मंगलवार ०७:३०


काठमाडौं । अहिले नेपालको बैंकिङ क्षेत्रमा तरंग उत्पन्न भएको छ ।

एन आईसी एसिया बैंकको घटना सेलाउन नपाउदैँ अहिले फेरी यो तरंग उत्पन्न भएको हो ।

बैंक प्रति जनमानसको विश्वास कम हुनु र धमाधम बैंकरहरु पक्रउ पर्नं थालेपछि नैपालको बैंकिङ क्षेत्रमा तरंग उत्पन्न भएको हो ।

अहिले कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने, र सेन्चुरी बैंककै पूर्व सीईओ तुलसीराम गौतम सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

न्यौपानेमाथि सेन्चुरी बैंकको सीईओ पदमा रहँदा ऋण प्रवाहको समयमा दुरुपयोग गरेको आरोपे छ । न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ हुन् ।

सेन्चुरी बैंकमा रहँदा भएको घटनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

गत पुसमा सेन्चुरी बैंक प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाइएको थियो ।

मंगलबार प्रभुको केन्द्रीय कार्यालय बबरमहलबाट न्यौपानेसहित चार जना र अन्य पाँच जनालाई कमलादी कार्यालयबाट पक्राउ गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !