६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सगरमाथा जलविद्युत कम्पनी आईपीओमा ७ लाख भन्दा बढीको आवेदन

प्रकाशित मिति :  १० चैत्र २०७९, शुक्रबार ०६:४२


काठमाडाैं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि निष्काशन गरेको आईपीओमा ७ लाख भन्दा बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार ५ः०२ बजेसम्ममा ७ लाख २३ हजार ६२० आवेदकबाट ८१ करोड ८४ लाख ८६ हजार रुपैयाँ बराबरको ८१ लाख ८४ हजार ८६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ३५ लाख ८१ हजार ७६० कित्ता शेयरको २.२८ गुणा बढी हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो।

त्यसकाे १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन सक्ने छन्।

सो शेयरका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले चैत १२ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपि आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्



प्रतिक्रिया दिनुहोस !