६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

आठ महिनामा निर्यात भन्दा आयात १० गुणा बढी

प्रकाशित मिति :  ९ चैत्र २०७९, बिहीबार ००:१७


काठमाडाै‌ं ।  चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १० खर्ब रुपैयाँको वस्तु आयात गरेको छ। गत वर्षको सोही अवधिमा करिब १३ खर्ब बराबरको सामान आयात भएको थियो। गत वर्षको तुलनामा आयात १९.१३ प्रतिशले घटेको हो।

साउनदेखि फागुनसम्म एक खर्ब ४ अर्ब रुपैयाँको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । गत वर्ष १ खर्ब ४७ रुपैयाँको वस्तु नेपालले निर्यात गरेको थियो। निर्यात गत वर्षको भन्दा २९ प्रतिशतले घटेको छ।

 

आठ महिनामा व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ छ। गत वर्ष व्यापार घाटा ११ खर्ब ६० अर्ब रुपैयाँ थियो। गत वर्षको भन्दा व्यापार घाटा १७.८६ प्रतिशले कमी आएको छ।

चालु आवको ८ महिनामा वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.९९ प्रतिशत र निर्यातको हिस्सा जम्मा ९.०१ प्रतिशत छ । नेपालको आयात निर्यातको अनुपात १०.१० गुणा रहेको छ । यो गत वर्षभन्दा १४.०२ प्रतिशतले बढेको छ ।



प्रतिक्रिया दिनुहोस !