२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

प्रकाशित मिति :  २५ फाल्गुन २०७९, बिहीबार ०३:४५


काठमाडाैं । देशको नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।

राष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि मतदान सुरु हुन लागेकाे हाे । दिउँसाे ३ बजेसम्म मतदान गर्न पाइने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

राष्ट्रपतिका लागि नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र ९ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रतिष्पर्धा हुँदैछ ।

राष्ट्रपति चुनावमा ३ सय ३२ जना संघीय सांसद्र र ५ सय ५० जना प्रदेश सभा सदस्यले मतदान गर्नेछन् । संघीय सांसद् र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ ।

अपरान्ह ४ बजेदेखि नै मतगणना सुरु हुनेछ । साँझ ७ बजेसम्म गणना सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नवनिर्वाचित राष्ट्रपतिलाई आजै प्रमाणपत्र दिने निर्वाचन आयाेगकाे तयारी छ । नयाँ राष्ट्रपतिको शपथ ग्रहण भने फागुन २९ गते हुनेछ ।

अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गतेसम्म छ । त्यसैले फागुन २९ गते मात्र नयाँ राष्ट्रपतिले शपथ लिनुहुनेछ ।

राप्रपाले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने आज निर्णय गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !