१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बृहत्तर राष्ट्रिय सहमति निर्माण गरौं -प्रधानमन्त्री

प्रकाशित मिति :  ७ फाल्गुन २०७९, आईतवार ०५:४०


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न द‍ृढ प्रतिबद्ध रहेकाे बताउनुभएकाे छ ।

७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्ने उल्लेख गर्नुभएकाे छ । नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको उहाँले उल्लेख गर्नुभएकाे छ ।

समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार भएकाे प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभएकाे छ । ‘आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, ०६२-०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ, तसर्थ ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको प्रगतिशील कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार हुन आइपुगेको छ’- उहाँले लेख्नुभएकाे छ ।

प्रजातन्त्र दिवसले राष्ट्रिय सहमतिमार्फत् देशका चुनौतीहरू छिचोल्दै नवीनतम् सम्भावनाहरू प्राप्त गर्न सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि प्रधानमन्त्री प्रचण्डले गर्नुभएकाे छ ।

उहाँले दिवसका अवसरमा सबै नेपालीमा शुभकामना दिनुभएकाे छ । प्रधानमन्त्री प्रचण्डले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएकाे छ ।



प्रतिक्रिया दिनुहोस !