१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी, महासचिवमा राेकाय

प्रकाशित मिति :  ५ फाल्गुन २०७९, शुक्रबार ०१:३८


काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल ठुलो मतान्तरले विजयी हुनुभएको छ ।

बडाल अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट ९६२ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो ।

बडालले ९६२ मत पाउँदा आर.सी लामिछानेले ३५६ मत पाउनुभएको छ र अर्का अध्यक्षका उम्मेदवार मोती विकले ७८ मत पाउनुभएको थियो ।
महासचिवमा नरेश रोकाया विजयी हुनुभएको छ । रोकायले सात सय ३३ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट विजयी हुनुभएको छ ।

कोषाध्यक्षमा भने संगम अर्याल विजयी हुनभएको छ ।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले विजयी हुनुभएको छ ।



प्रतिक्रिया दिनुहोस !