२५ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सभामुख र उपसभामुखलाई गृहजिल्लामा सम्मान

प्रकाशित मिति :  ४ फाल्गुन २०७९, बिहीबार १२:२८


काठमाडाैं । पहिलोपटक सभामुख र उपसभामुख बनेपछि गृहजिल्ला आउनुभएका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरलाई आज सम्मान गरिएको छ । एउटै जिल्ला र एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखजस्तो गरिमामय पदमा पुग्न सफल भएकामा विर्तामोड नगरपालिकाले उहाँहरूलाई आज यहाँ कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

घिमिरे नेकपा (एमाले)को तर्फबाट झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने सोही क्षेत्रबाट राना राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो ।

शुक्रबारबाट विर्तामोडमा सुरु हुने १० दिने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ को समुद्घाटन गर्न सभामुख घिमिरे झापा आउनुभएको हो । उहाँहरूलाई शुक्रबार बिहान अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि सम्मान तथा बधाई ज्ञापन गर्ने कार्यक्रम राखिएको छ ।
-रासस



प्रतिक्रिया दिनुहोस !