६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सभामुख घिमिरेले प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेतासँग छलफल गर्दै

प्रकाशित मिति :  २५ बैशाख २०८१, मंगलवार ०८:५५


काठमाडाैं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँग छलफल गर्नुहुने भएकाे छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहान साढे ११ बजे छलफल सुरु हुने सभामुखकाे सचिवालयले जनाएकाे छ । संसद्को बजेट अधिवेशन नजिकिँदै गर्दा सभामुख घिमिरेले शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नुभएकाे हाे । छलफल संसद्काे कामकारबाही लगायत विषयमा केन्द्रित हुने बताइएकाे छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई बाेलाइएकाे छ ।

मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे छ ।



प्रतिक्रिया दिनुहोस !