२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा विघटन बदर

प्रकाशित मिति :  २८ असार २०७८, सोमबार ०८:१२


काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएकाे प्रतिनिधि सभा विघटनलाई सर्वाेच्चले साेमबार बदर गरिदिएकाे हाे । सर्वोच्चको आदेशसँगै प्रतिनिधि सभा पुर्नस्थापना भएकाे छ ।

सर्वाेच्चकाे पाँच सदस्यीय संवैधानिक इजलासले विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा साेमबार फैसला सुनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित वरिष्ठतम न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !