४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विपक्षी गठबन्धनले आन्दाेलन थाल्ने

प्रकाशित मिति :  १० असार २०७८, बिहीबार ०३:४३


काठमाडाैं । सर्वाेच्च अदालतलाई दबाव दिने रणनीति साथ विपक्षी गठबन्धनले आन्दाेलन थाल्ने भएकाे छ ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि सर्वाेच्चमा सुनुवाइ चलिरहेकै बेला विपक्षी गठबन्धनले आन्दाेलन गर्न लागेकाे हाे । दाेस्राे पटक प्रतिनिधि सभा विघटन भइसकेपछि विपक्षी गठबन्धनले विराेध गरिसकेकाे छ । तर मुद्दामाथि बहस चलिरहेकाे बेला फेरि विघटनकाे विराेध भन्दै आन्दाेलनकाे फण्डा उठाएकाे छ ।

आन्दाेलन थाल्नुअघि गठबन्धनले विद्यार्थीहरुलाई अगाडि सार्दै छ । आफूहरु निकट विद्यार्थी संगठनलाई पहिले आन्दाेलनमा लगाउने र त्यसकाे प्रभाव हेरेर आन्दाेलन थाल्ने गठबन्धनकाे रणनीति छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाकाे निवास बुढानिलकण्ठमा बुधवार बसेकाे गठबन्धनकाे बैठकले विघटनविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेकाे माओवादीका नेता देव गुरुङले बताउनुभयाे ।संघर्षका कार्यक्रम बनाउन गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माधव गुटका नेता भीम रावल, माओवादी केन्द्रका नेता देव गुरूङ र जसपाका नेता राजेन्द्र श्रेष्ठ रहेको कार्यदल नै बनाएकाे छ ।

विघटनकाे विराेध भन्दै विपक्षी गठबन्धनले विद्यार्थी संगठनलाई आज प्रदशर्नमा उतार्दैछ । गठबन्धन निकट विद्यार्थी संगठनले आज सरकार विरुद्ध प्रदर्शन गर्दै छन् । आज दिउँसाे ३ बजे प्रदर्शनी मार्गमा नेविसंघ, अखिल क्रान्तिकारी, माधव गुटकाे विद्यार्थी संगठन, जसपा उपेन्द्र गुटकाे विद्यार्थी संगठन र जनमाेर्चाकाे विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !