१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चौथो पटक प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिँदै

प्रकाशित मिति :  ४ जेष्ठ २०८१, शुक्रबार ०९:३८


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार (७ जेठ) मा विश्वासको मत लिने तयारी गर्नुभएकाे हाे ।

जेठ १ मा सक्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएकाे हाे ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार दाहालले सोमबार विस्वासको मत लिने तयारी गरी सो बारे सभामुख देवराज घिमिरेलाई बिहीबार जानकारी गराइसकेको संसद्का सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयाे ।

प्रधानमन्त्रीले बिहीबार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग विस्वासको मत लिने विषयमा छलफल गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत सचिवालयमा पत्र लेखेर कार्यसूचीमा राखिदिन पठाइसकेको छ ।

२०७९ पुस १० मा प्रधानमन्त्री बनेका दाहालले विश्वासको मत लिन लागेको यो चौथोपटक हो। उनलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !