१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभा वैठकमा छानविन समिति घोषणा गर्ने तयारी

प्रकाशित मिति :  ३ जेष्ठ २०८१, बिहीबार १५:३८


काठमाडौं । प्रमुख प्रतिपक्षको माग अनुसार कसैको नामै तोकेर नभई बिषयमात्र उल्लेख गरेर संसदीय छानविन समिति गठन गर्ने तयारी भैसकेको थाहा भएको छ ।

आज बिहान शीर्ष नेतृत्व तहमा भएका छलफलहरुपछि यस्तो तयारी भएको बुझिएको छ । 

सत्तारुढ दलका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेवीच बिहान यसै बिषयमा छलफल भएको थियो । 

सभामुख देवराज घिमिरेले पनि नेताहरु र प्रमुख सचेतकहरुसँग यही बिषयमा केन्द्रित रहेर संसदको अवरोध खोल्न छलफल गरेका थिए । 

प्रधानमन्त्री दाहालले नेताहरुसँगको छलफलपछि प्रमुख प्रतिपक्षी दललाई समिति गठन गर्ने सम्भावना रहेको भनेर जानकारी दिएका छन् । तर अपरान्ह चार बजे बस्ने बैठकमा गृहमन्त्रीलाई बोल्न दिने र अवरोध नगर्ने, त्यसपछि छानविन समितिको टुंगो लगाउने बताएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षी दल र न्यायालय लक्षित तीखो आलोचनाले सहमतिको वातावरणमा नकारात्मक असर परेको प्रधानमन्त्री निकट सूत्रले बताएको छ । एमाले संसदीय दलको वैठकमा ओलीले बुधबार नेपाली कांग्रेस र सर्बोच्च अदालतको नामै लिएर कडा टिप्पणी गरेका थिए । उनको त्यो अभिव्यक्तिले प्रधानमन्त्री दाहाल नै अप्ठेरोमा परेको बताईएको छ ।

प्रमुख प्रतिपक्षले अहिलेसम्म आफ्नो अडानमा हेरफेर गरेको छैन । नेपाली कांग्रेसका सांसद वद्री पाण्डेले आफ्नो पार्टीका अडान यथावत नै रहेको बताउनुभयाे ।

एमालेका सांसद सूर्य थापाले अर्बौं रुपैंयाँ अपचलन भएको सहकारीको बिषयमा छानविन हुनुपर्छ भनेर आफूले चैतमै संसदमा बोलिसकेको स्मरण गर्दै कुनै व्यक्तिको नाम उल्लेख गर्न आवश्यक छैन तर समिति बन्नुपर्छ भन्नुभयाे ।

सहकारीको वचत अवैध अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको नाम मुछिएकोमा अनुसन्धान गर्न संसदीय छानविन समिति गठन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद वैठक अवरोध गर्दै आएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !