४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लुम्बिनी प्रदेश सभाको बैठक स्थगित,अर्काे बैठक असार २७ गते

प्रकाशित मिति :  ९ असार २०७८, बुधबार ०८:३१


काठमाडाैं । लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएकाे छ ।

आज दिउँसाेका लागि बाेलाइएकाे प्रदेश सभा बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएकाे हाे ।

सचिव दुर्लभकुमार पुनका अनुसार आठौं अधिवेशनको १०औं बैठक विशेष कारणले स्थगित भएको हाे । सभामुखको निर्देशनअनुसार अर्काे बैठक असार २७ गते दिउँसो १ बजेका लागि बाेलाइएकाे सूचनामा उल्लेख छ ।

असार १ गते प्रस्तुत बजेटमाथि छलफल गर्न असार ६ गते बोलाइएको प्रदेश सभा बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि आजका लागि बोलाइएको थियो ।



प्रतिक्रिया दिनुहोस !