४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेले दर्ता गराएको भ्याकेट निवेदन माथि आज सुनुवाइ हुने

प्रकाशित मिति :  ८ असार २०७८, मंगलवार ०६:०१


काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतमा दर्ता गराएको भ्याकेट निवेदन माथि आज सुनुवाइ हुने भएको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमालेले भ्याकेट निवेदन दर्ता गराएको थियो । निवेदनमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाइ हुने छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका प्रदेश सभा सदस्यलाई गरेको कारबाहीलाई सर्वोच्चले वदर गर्ने अन्तरिम आदेश दिएको थियो ।

एमालेबाट निर्वाचिन भएका ती प्रदेश सभा सदस्यलाई महाधिवेशन आयोजक समितिलाई कारबाही गर्ने अधिकार नरहेको आदेश अदालतले दिएको थियो । एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक समिति बनेकोले त्यसका कारबाहीलाई मान्यता दिन निवेदनमा माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !