४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सत्ता पक्षकाे मन्त्री हुँदैमा जे पायाे त्यही बाेल्न पाइन्छ ?-राजीव पहारी

प्रकाशित मिति :  ४ असार २०७८, शुक्रबार ११:३५


काठमाडाैं । ‘सत्ता पक्षकाे मन्त्री हुँदैमा जे पायाे त्यही बाेल्न पाइन्छ ?’- एमाले गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले प्रश्न गर्नुभयाे ।

शुक्रबार बसेकाे प्रदेश सभा बैठकमा विश्वासकाे मत सम्बन्धी प्रस्तावमाथिकाे छलफलमा सांसद् पहारीले साे प्रश्न गर्नुभएकाे हाे । प्रमुख प्रतिपक्षी एमालेका सांसद् पहारीले सरकारमा रहेका मन्त्रीहरू मर्यादा बिर्सिएर अभिव्यक्ति दिन थालेको भन्दै ध्यानाकर्षण गराउनुभयाे ।

‘सत्ता पक्षकाे मन्त्री हुँदैमा जे पायाे त्यही बाेल्न पाइन्छ ?  बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु, खान पाएँ भन्दैमा क्वाप्प नखानु’- पहारीले भन्नुभयाे ।आफ्ना मुख्यमन्त्रीले सपथ नलिँदै कांग्रेस सांसद्ले प्रदेश प्रमुखकाे कार्यालय अगाडि प्रहरीलाई धम्मी दिनु गलत भएकाे उहाँकाे भनाइ छ ।

गण्डकी प्रदेशकाे गठबन्धन सरकार ‘नरसिंह (नृसिंह) जस्तो विचित्रको भएको बताउँदै पहारीले भन्नुभयाे – ‘४ खालकाे गठबन्धन छ, एकले अर्कालाई प्रमुख शत्रु करार गरेकाहरू एक ठाउँमा हुनुहुन्छ, यो नृसिंहजस्तो छ, हेर्दा सिंहजस्तो पनि छ ।’ गठबन्धन सरकार तेल र पानीकाे समीश्रण भएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘न पिउन मिल्छ न गाडी चल्छ ।’  गठबन्धन सरकार खिचडी जस्ताे भएकाे पनि उहाँले बताउनुभयाे ।

सरकार गठन एक साता नबित्दै विश्वासकाे मत लिने अनि मन्त्री थपिहाल्ने रणनीति सरकारकाे भएकाे उहाँले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !