२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कृष्णचन्द्र नेपाली पोखरेलद्वारा माओवादीकाे प्रशंसा

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार १०:३९


काठमाडौं । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले माओवादी र कांग्रेस बीचको गठबन्धन अपवित्र नभएको बताउनुभएको छ ।

उहाँले माओवादीलाई मुलकुमा आमोल परिवर्तनको लागि लडेको शक्ति भन्दै प्रशंसा गर्नुभयो । कांग्रेस, माओवादी, जसपा र राजमो सबै लोकतन्त्रका लागि लडेका पार्टी भएकाले यी पार्टीको गठबन्धन अपवित्र हुनै नसक्ने उहाँले बताउनुभयो । बरु केन्द्रमा एमाले र महन्थहरु बीचको गठबन्धन अपवित्र भएको उहाँले दाबी गर्नुभयो ।

उहाँले तीन वर्षको बीचमा प्रदेश सरकारले धेरै काम गरेको भएपनि यस बीचमा देखिने काम के भए भन्दै प्रश्न गर्नुभयो । धेरै राष्ट्रिय गौरवका योजनाको काम जुन गतिमा हुनु पर्ने थियो त्यो हिसाबले अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।

प्रदेश सरकार संविधानको भावनालाई कृल्चिएर अघि बढेको बताउँदै उहाँले सो कार्य प्रतिगामी कदम भएको बताउनुभयो । त्यसैले सरकारको पक्षमा मतदान गर्न नसकिने उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !