२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्रिपरिषद्ले पायाे पूर्णता, आजै सपथ (सूचीसहित)

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार १०:३३


.

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएकाे छ ।

प्रधानमन्त्री ओलीले ८ मन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा बिहीबार ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

निक्कै चर्चामा रहेकाे गृह मन्त्रालयमा खगराज अधिकारी र सञ्चारमन्त्रीमा नैनकला थापा नियुक्त हुनुभएकाे विज्ञप्तिमा उल्लेख छ । रक्षा मन्त्रालय भने प्रधानमन्त्री ओलीले आफैसँग राख्नुभएकाे छ । वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी मोहन बानिया मन्त्री नियुक्त हुनुभएकाे छ ।

नयाँ मन्त्रीहरूको शपथ आजै अपरान्ह ४ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । याेसँगै मन्त्रिपरिषद् २५ सदस्यीय बनेकाे छ ।



प्रतिक्रिया दिनुहोस !