२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वाग्मतीकाे नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

प्रकाशित मिति :  २७ जेष्ठ २०७८, बिहीबार ०५:३७


काठमाडाैं । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८-७९ का लागि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ ।

आज दिउँसाे ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । काेभिड राेकथामलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारिएको बताइएकाे छ ।

बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेर प्रदेश प्रमुख समक्ष प्रस्तुतिका लागि पठाउने निर्णय गरेकाे थियाे ।

आज प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि केही दिनमै त्यसमाथि छलफल हुनेछ । त्यसपछि असार १ मा आगामी आर्थिक वर्षको बजेट ल्याउने प्रदेश सरकारकाे तयारी छ । प्रदेश सरकारहरुले असार १ मा बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस !