२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने

प्रकाशित मिति :  २५ जेष्ठ २०७८, मंगलवार ०९:२५


काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुहुने भएकाे छ ।

मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिन लाग्नुभएकाे हाे । विश्वासको मत लिने पत्र मुख्यमन्त्री गुरुङले आज प्रदेश सभा सचिवालयमा दर्ता गराउनुभएकाे हाे । मुख्यमन्त्रीले विश्वासकाे मत लिने व्यहाेरासहितकाे पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

मुख्यमन्त्रीबाट राजीनामा दिनुभएका गुरुङ विपक्षीले बहुमत जुटाउन नसकेपछि वैशाख २९ गते ठूलो दलको हैसियतमा पुन: मुख्यमन्त्री नियुक्ति हुनुभएकाे थियाे । मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !