२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जाेगियाे सुदूरपश्चिम सरकार

प्रकाशित मिति :  २५ जेष्ठ २०७८, मंगलवार ०६:५८


काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकार जाेगिएकाे छ ।

एमालेकाे ह्वीप उल्लंघन गर्दै माधव गुटका सांसद्ले मत दिएपछि मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वकाे माओवादी सरकार जाेगिएकाे हाे । आज बसेकाे प्रदेश सभामा मुख्यमन्त्री भट्टले विश्वासकाे मत पाउनुभयाे ।

भट्टकाे पक्षमा ३० मत मत पर्‍याे भने विपक्षमा ९ मत पर्‍याे । प्रदेश सभामा उपस्थित ५१ सांसद्मध्ये ३० जनाले भट्टको पक्षमा र ९ सांसद्ले विपक्षमा मतदान गरेका हुन् । कांग्रेसका १२ सांसद् भने मतदानमा सहभागी भएनन् । भट्टलाई समर्थन गरेपनि कांग्रेसका सांसद् तटस्थ बसेका हुन् । एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्टले विश्वासकाे मत लिनु भएकाे हाे ।

माधव गुटको बाहुल्यता रहेको सुदूरपश्चिम प्रदेश संसदीय दलकाे मंगलबार बिहान बसेकाे बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । यसअघि सोमबार एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक तथा सबै प्रदेश सभा सदस्यलाई सरकारको पक्षमा मतदान नगर्न ह्वीप जारी गरेको थियाे । जेठ १० मा बसेको एमाले स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत चाहिन्थ्याे । प्रदेश सभामा एमालेका सभामुखबाहेक २४ जना छन् । जसमा माधव गुटका मात्र १५ जना छन् ।  माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका २ जना सांसद् छन् ।



प्रतिक्रिया दिनुहोस !