२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले अध्यक्ष केपी ओलीको असाधारण निर्णय, पार्टी एकतामा आउन आह्वान

प्रकाशित मिति :  २३ जेष्ठ २०७८, आईतवार १६:११


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि असाधारण निर्णय गर्नुभएको छ ।

उहाँले एमाले पार्टीलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने बताउनुभएको छ ।

आइतबार पार्टी एकताको लागि आह्वान गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले एमाले केन्द्रीय कमिटीका सदस्य मध्ये एकताको पक्षमा उभिनु भएका नेतालाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील बनाउने बताउनुभएको छ ।

पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने माग सहित सर्वोच्च अदालतमा प्रस्तु रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता लिन उहाँले आग्रह गर्नुभएको छ ।

यस बीचमा पार्टीका नेताबाट भएका कमिकमजोरीलाई लिएर कुनै कारबाही नगरिने तथा कुनै पुर्वाग्रह नराखिने र भेदभाव समेत नगरिने पार्टी अध्यक्ष ओलीले जारी गर्नुभएको आह्वानमा उल्लेख छ ।

एमालेलाई वैचारिक संगठनात्मक र भावनात्मक रुपले एकतावद्ध अनुशासित र अझ सुदृढ बनाउन उहाँले सबै नेता कार्यकर्तालाई रचनात्मक योगदान गर्न समेत आग्रह गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस !