२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्वाेच्चको आदेश-जनमाेर्चाका सांसद् कृष्ण थापालाई पुनर्वहाली गर्नु

प्रकाशित मिति :  २३ जेष्ठ २०७८, आईतवार ११:०६


काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेश सभा सदस्यको हैसियतमा कामकाज गर्न दिन आइतबार साे आदेश दिएको हाे । थापाले दायर गरेको रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ गर्दै थापामाथि गरिएका सबै कारबाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

थापालाई पदमुक्त गर्दा सुविधा र सन्तुलनको हिसालबले अतुलनीय क्षति हुने देखिएकाले प्रदेश सभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश जारी भएको हो । थापाले आफ्नो सांसद् पद यथावत  राख्न माग राख्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

पार्टी ह्वीप नमानेको भन्दै जनमोर्चाले थापाला पार्टी सदस्यबाट निलम्बन गरी सांसद् पद खारेज गर्ने गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !