१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यार्सागुम्बा सङ्कलनका क्रममा लडेर एक विद्यार्थीको ज्यान गयाे

प्रकाशित मिति :  २३ जेष्ठ २०७८, आईतवार ०९:०२


दार्चुला । यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको ज्यान गएकाे  छ । नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर ज्यान गएकाे हो ।

अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका महेशको भिरबाट लडेर शनिबार निधन भएको नौगाड–४ का वडाध्यक्ष नन्दनसिंह धामीले जानकारी दिनुभयो ।

महेश जेठ पहिलो साता यार्सागुम्बा सङ्कलनका लागि बुबा रघुवीरसिंह धामीसँगै लोलु पुगेको बताइएको छ । यस वर्ष यार्सागुम्बा सङ्कलनका क्रममा निधन हुनेमा दुई महिला, एक विद्यार्थी र एक पुरुष छन् ।
–रासस



प्रतिक्रिया दिनुहोस !