२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

४४८७ संक्रमित थपिँदा ६०८० जना निको भए,११६ ले ज्यान गुमाए

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार १३:४७


काठमाडाैं । नेपालमा गत २४ घण्टामा थप ४ हजार ४ सय ८७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

१४ हजार ६ जनाकाे पीसीआर परीक्षण गर्दा ४ हजार ३ सय ११ जनामा र ७ सय ४६ जनाकाे एन्टिजेन परीक्षण गर्दा १ सय ७६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै देशभर कोभिड संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । तीमध्ये ४ लाख ३४ हजार ७ सय ५० जना निकाे भएका छन् ।

गत २४ घण्टामा १ सय १६ जना संक्रमितकाे ज्यान गएकाे मन्त्रालयले शनिबार सार्वजनिक गरेकाे तथ्याकंमा उल्लेख छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ७ हजार १ सय ६३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !