२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ल्यापटप किन्न विद्यार्थीलाई एक प्रतिशत ब्याज दरमा कर्जा

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार ११:२६


काठमाडौं । सरकारले सार्वजनिक विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको लागि ल्यापटप किन्न एक प्रतिशत व्याजदरमा ८० हजार रुपैयाँ कर्जा दिने भएको छ ।
सार्वजनिक विद्यालय तथा क्याम्पसमा प्लस टु वा त्यो भन्दा माथि अध्ययन गर्ने विद्यार्थीले सो पाउने भएका हुन् ।

दुई वर्ष सम्म एक प्रतिशत व्याजदरमा विद्यार्थीले सो सुविधा पउने हुन् ।

त्यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई सरकारले एक थान सिमकार्ड निशुल्क वितरण गर्ने भएको छ ।

विद्यार्थीको पढाईमा टेवा पुगोस भनेर  सरकारले बजेटमा सो योजना ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस !