२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७७ कराेड विनियाेजन

प्रकाशित मिति :  १५ जेष्ठ २०७८, शनिबार ११:२२


काठमाडाैं । सरकारले स्वास्थ्य क्षेत्रमा बजेट बढाएकाे छ ।

शनिबार आर्थिक वर्ष ०७८-७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे जानकारी दिनुभयाे ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरिएकाे उहाँले बताउनुभयाे । कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरिएकाे पनि उहाँले बताउनुभयाे । सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्व ५० करोड छुट्टाएको उहाँले बताउनुभयाे ।

देशभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकालाई दिँदै आइएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार पुर्‍याएको उहाँले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !