२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओलीले आज देशबासीलाई सम्बोधन गर्नुहुने

प्रकाशित मिति :  १४ जेष्ठ २०७८, शुक्रबार ०६:४४


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीलाई सम्बाेधन गर्नुहुने भएकाे छ ।

प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे देशबासीलाई सम्बाेधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सनराइज खबरलाई जानकारी दिनुभयाे । ‘प्रधानमन्त्री ज्युले राष्ट्रका नाममा सम्बाेधन गर्न लाग्नुभएकाे हाे’- थापाले भन्नुभयाे ।

प्रधानमन्त्री ओलीले काेभिड-१९ राेकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयास, सरकारका उपलब्धि लगायत राष्ट्रिय सराेकारका विषयमा सम्बाेधन गर्नहुने बताइएकाे छ । बजेटकाे पूर्व सन्ध्यामा सम्बाेधन गर्न लाग्नुभएकाले प्रधानमन्त्री ओलीले सरकारका नीति, योजना तथा आगामी बजेटकाे विषय पनि समेट्न सक्नुहुने बताइएकाे छ ।

हरेक वर्ष जेठ १५ भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधान छ । तर जेठ गते ७ गते प्रतिनिधि सभा विघटन भएकाले अध्यादेशबाटै सरकारले बजेट ल्याउन सक्नेछ । विघटन र काेभिड महामारीका कारण सरकारकाे नीति तथा कार्यक्रम समेत आएन ।

 



प्रतिक्रिया दिनुहोस !