२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश

प्रकाशित मिति :  १३ जेष्ठ २०७८, बिहीबार १३:३९


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वाग्मती प्रदेशमा जेठ ६ गते सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन निर्वाचन आयोगले पेश गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनबमोजिम आयोगबाट स्वीकृत गरी राष्ट्रपति कार्यालयमार्फत राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गरेको हो ।

प्रतिवेदनमा उपनिर्वाचन सन्दर्भमा भए गरेका कार्य, राजनीतिक दल दर्ता, निर्वाचनको तयारी, मतदाता नामावली र मतभार, निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना, निर्वाचन कार्यक्रम सञ्चालन, उम्मेदवारको मनोनयन दर्तालगायत विषय समेटिएको आयोगका सहप्रवक्ता कोमल धमलाले जानकारी दिनुभयो ।

प्रतिवेदनमा जनशक्ति, मतदान केन्द्र र सामग्री व्यवस्थापन, अभिमुखीकरण र मतदाता शिक्षा कार्यक्रम, मतपत्र व्यवस्थापन, सुरक्षा व्यवस्था र स्वास्थ्य सुरक्षा प्रबन्ध, निर्वाचन अनुगमन र अवलोकन, मतदान, मतगणना र परिणाम घोषणालगायत विषय समावेश गरिएको जनाइएको छ ।

सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार सङ्घीयताविद् डा खिमलाल देवकोटा निर्वाचित हुनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !