२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चुनावमा मतदातालाई प्रभावित पार्ने खालका कार्यक्रम बजेटमा नराख्न पूर्व प्रमुख आयुक्तहरुकाे आग्रह

प्रकाशित मिति :  १३ जेष्ठ २०७८, बिहीबार ०५:४३


काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरुले आगामी चुनावमा मतदातालाई प्रभावित पार्ने खालका कार्यक्रम बजेटमा नराख्न आग्रह गरेका छन् ।

आगामी कात्तिक र मंसिरका लागि प्रस्तावित चुनावलाई प्रभावित पार्ने खालका कुनै पनि कार्यक्रम बजेटमा नल्याउन पाँच जना पूर्व प्रमुख आयुक्तहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । पूर्वप्रमुख आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल ,नीलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव पूर्वकार्यवाहक प्रमुख आयुक्त दोलखवहादुर गुरुङले बिहीबार संयुक्त विज्ञप्ति निकालेर साे आग्रह गर्नुभएकाे हाे ।

 

मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्न नहुने विज्ञप्तिमा उल्लेख छ । ‘काम चलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं’ – विज्ञप्तिमा लेखिएकाे छ ।

साे विषयमा आफ्नो संवैधानिक दायित्वको ख्याल गरि सम्बद्ध पक्षलाई समयमा नै सजग गराउन निर्वाचन आयोगलाई उहाँहरुले आग्रह समेत गर्नुभएकाे छ ।



प्रतिक्रिया दिनुहोस !