२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सभामुख सापकाेटा पूर्व सभामुखसँग छलफल गर्दै

प्रकाशित मिति :  ११ जेष्ठ २०७८, मंगलवार ०६:३८


काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखहरुसँग छलफल गर्नुहुने भएकाे छ ।

सभामुख सापकाेटाले प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल गर्न पूर्व सभामुखहरुलाई बोलाउनुभएको उहाँकाे सचिवालयले जनाएकाे छ ।

विपक्षी गठबन्धनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुर्नस्थापना गर्न माग गर्दै सर्वाेच्चमा रिट दायर गरेकै भाेलिपल्ट सभामुखले पूर्व सभामुखहरुलाई छलफलका लागि बाेलाउनु भएकाे हाे । कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा, माधव गुट र  जसपाकाे उपेन्द्र गुटका १ सय ४६ विघठित प्रतिनिधि सभाका सांसद्ले रिट दर्ता गरेका हुन् ।

पूर्व सभामुखहरु दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा लगायतसँग सभामुखले छलफल गर्न लाग्नुभएकाे हाे ।

यही जेठ ७ गते राति मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी चुनावकाे घाेषणा गर्नुभएकाे थियाे । संविधानकाे धारा ७६ (५) अनुसार नयाँ सरकार बन्न नसकेपछि देश चुनावमा गएकाे हाे ।

यसअघि पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि कागज कीर्ते गरेर माओवादीलाई सघाएकाे आराेप सभामुखमाथि लागेकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !