१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चेम्बरद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

प्रकाशित मिति :  ५ जेष्ठ २०७८, बुधबार १६:५०


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

चेम्बरले आज विभिन्न अस्पतालका प्रतिनिधिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल र राधास्वामी अक्सिजन थेरापी आइसोलेसन सेन्टरका प्रतिनिधिलाई पिपिई, मास्क, पंजा, सेनिटाइजर तथा विभिन्न औषधि हस्तान्तरण गर्नुभयो ।

चेम्बरले केही दिनभित्रै स्वास्थ्य संस्थालाई अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर पनि उपलध गराउने जनाइएको छ ।

– रासस



प्रतिक्रिया दिनुहोस !