३१ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ढिलो चाँडो ताजा जनादेशमा जानैपर्छ – प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २१ चैत्र २०७७, शनिबार ०८:१९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा नगएसम्म अहिलेको राजीतिक समस्या समाधान हुन नसक्ने बताउनु भएको छ ।

१ सय ६५ वटा रणनीतिक सडक निर्माणको शनिबार भर्चुअल विधिबाट एकैपटक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले ढिलो चाँडो ताजा जनादेशमै जानुपर्ने बताउनुभयो ।

अहिलेको संसदीय अंकगणित हेरफेर नगरी देश अगाडि जान नसक्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘सरकार बनाउन, संविधान निर्माण गर्न सक्ने थलोलाई देशको आवश्यकता अनुसारको अंकगणितीय बनाउनुपर्छ, ढिलो चाँडो जनादेशमार्फत अहिलेको संसदीय अंकगणितमा हेरफेर नगरी देश अगाडि बढ्ने म देख्दिनँ ।’

देशको आवश्यकता र संसदको गणित फरक पर्ने भन्दै उहाँले आवश्यकता अनुसारको अंकगणित बनाउनुपर्ने बताउनुभयो । लोकतन्त्रमा आवधिक निर्वाचन स्वभाविक भएको भन्दै उहाँले चुनावमा नगइ देश अगाडि बढ्नै नसक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो – ‘यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने देशको आवश्यकता, जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंक गणित भन्दा माथिको कुरा हो ।’

अहिलेको संसदीय अंक गणितले जनताको आवश्यकता प्रतिनिधित्व नगर्ने बताउँदै प्रधानमन्त्रीले प्रश्न गर्नुभयो – ‘देशको आवश्यकता, जनताको आकांक्षा, अंकगणितको लागि छाड्ने कि ? देश र जनताको आवश्यकताका लागि अंक गणित परिवर्तन गर्ने ?’

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !