१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू

प्रकाशित मिति :  ३१ बैशाख २०८१, सोमबार ०९:४४


बागमती । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बैठक बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुले बोल्ने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । त्यस्तै, बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !