३१ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पहिला समर्थन फिर्ता गर, अनि राजीनामा माग – प्रम ओली

प्रकाशित मिति :  २१ चैत्र २०७७, शनिबार ०७:११


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई समर्थन फिर्ता लिन कडा चुनौती दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गर्नेले समर्थन फिर्ता लिए राजीनामा दिन सकिने बताउनुभयो ।

प्रधानमन्त्रीले प्रश्न गर्नुभयो – ‘समर्थन फिर्ता नगर्ने अनि दिनैपिच्छे राजीनामा माग्ने ? पहिला समर्थन फिर्ता लेउन भनिराछु, लिँदैनन, दिनैपिच्छे राजीनामा मागेर म कसरी दिन सक्छु ?, राजीनामा आइहाल्न नि पहिला समर्थन फिर्ता गर न ।’

मेलम्चीको पानी काठमाडौं आएको खबर नछाप्ने राष्ट्रिय पत्रिका नामका पत्रिकाहरुले प्रधानमन्त्रीको राजीनामा मागिएको खबर भने दिनैपिच्छे छाप्ने गरेका उहाँले बताउनुभयो ।

समाजलाई विषाक्त बनाउने काममा केही मानिस लागिरहेका पनि उहाँले बताउनुभयो ।

-आईएनए न्युज एजेन्सी



प्रतिक्रिया दिनुहोस !