६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर – प्रचण्ड समूह

प्रकाशित मिति :  २९ माघ २०७७, बिहीबार ०९:४०


काठमाडाैं । प्रचण्ड समूहले  रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेकाे छ ।

नेपाल प्रहरीको अपराध महाशाखाले राज्यविरुद्धको कसुरमा झाँक्रीलाई बिहीबार दिउँसो राज्यविरुद्धको कसुरमा निवासबाटै पक्रेको छ । लगत्तै प्रचण्ड समूहले  विज्ञप्ति निकालेर त्यसकाे विराेध गरेकाे हाे ।

 

साे समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले निकाल्नुभएकाे विज्ञप्तिमा झाँक्रीलाई पक्राउ गरिएपछि पार्टी आश्चर्यचकित भएको उल्लेख छ । विज्ञप्तिमा लेखिएकाे छ – ‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भत्सर्ना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’

संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको विज्ञप्तिमा उल्लेख छ ।

‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर द‍ृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन’- विज्ञप्तिमा लेखिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !