१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अब चार बर्षमा युनाइटेड अजोड सर्वश्रेष्ठ कम्पनीको पंक्तिमा आउने

प्रकाशित मिति :  १५ जेष्ठ २०८०, सोमबार ०५:१२


काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष आजाद श्रेष्ठले आगामी चार वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नविन प्रडक्टसहितको निर्जीवन बीमा सेवा दिने ५ सर्वश्रेष्ठ कम्पनीको पंक्तिमा उभ्याउने बताउनु भएको छ ।

साविक युनाइेट र अजोड इन्स्योरेन्सको ‘युनाइटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले कम्पनीलाई टप ५ मा ल्याउने उद्घोष गर्नुभएको हो ।

चार वर्षभित्रै व्यक्ति, व्यवसाय एवं संस्थाहरुलाई वित्तीय सुरक्षा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउने निकायको सूचीमा कम्पनीलाई समावेश गराउने, प्रविधिको उच्चतम प्रयोग गर्दै बीमा सेवालाई डिजिटल इन्स्योरेन्समा परिणत गर्ने र चीरस्थायी एवं नैतिक तवरले कम्पनी सञ्चालन गरी असल कर्पोरेट नागरिक बनाउने योजना रहेको उहाँले बताउनु भयो ।

‘पुरानोको अनुभव र नयाँको भिजनको फ्युजनबाट अभूतपूर्व सिनर्जी उत्पन्न हुने हाम्रो विश्वास छ,’ समारोहमा धन्यवाद ज्ञापन गर्ने क्रममा अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘आगामी दिनमा अझ सन्तुलित र व्यावसायिक व्यवस्थापनमार्फत अगाडि बढ्दै सर्वश्रेष्ठ सेवाको ग्यारेन्टी गर्नेछौं । उपलब्ध आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै देशका दूर दराजसम्म बीमा सेवा विस्तार गर्नेछौं ।’

सेवा प्रवाहलाई अझ छिटो छरितो र विश्वसनीय बनाउँदै मित्रवत् वातावरणमा सेवा प्रवाह एवं दाबी भुक्तानीलाई शीघ्र र सहज बनाउनेतर्फ केन्द्रित हुने पनि उहाँले बताउनुभयो ।
कम्पनीलाई नयाँ उचाइमा पु¥याउन स्पष्ट भिजन, नवीन कार्यशैली, अटल इमानदारी र समर्पणका साथ अघि बढ्ने उहाको भनाई छ ।

‘राज्यलाई सक्दो बढी योगदान र शेयरधनीलाई उच्चतम प्रतिफलको ग्यारेन्टी गर्नुपर्ने कुरालाई हमेसा मनमा राखेर कदम चाल्नेछौं,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

त्यस्तै, समारोहमा स्वागत मन्तव्य राख्दै युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष रविभक्त श्रेष्ठले गुणस्तरीय सेवा दिन र बीमाको लागत घटाउन कम्पनी मर्जरमा गएको बताए । कम्पनीको पुँजी बढाएर ठूलो बनाउनुपर्ने आवश्यकता महसुस भइरहेकै बेला नियामकले चुक्तापुँजी बढाउनुपर्ने नियम ल्याएपछि दुई कम्पनीबीच मर्जर भएको उहाँको भनाई छ ।

अब कम्पनीले नयाँ नयाँ क्षेत्रमा लगानी गर्र्दै लगानीकर्तालाई उच्चतम प्रतिफल र सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने पनि उहाँले बताउनुभयो । भारत र बंगलादेशसँग तुलना गर्दा जनसंख्याको अनुपातमा बीमा कम्पनी धेरै भएको आफूहरुले पनि अनुभव गरेको श्रेष्ठले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !