६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

संसद् सञ्चालनबारे प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

प्रकाशित मिति :  २ जेष्ठ २०८१, बुधबार १०:३८


काठमाडौं । संसद् सञ्चालनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव पारित गर्न सकेनन् । सचिवालयका अनुसार भेटमा सभामुख घिमिरेले संसद्मा भएको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन् ।

अब दुवै सदनको बैठक बिहीबार बोलाइएको छ । कांग्रेसले सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै सदन अवरुद्ध पार्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !