४ जेष्ठ २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति :  २८ चैत्र २०८०, बुधबार १०:२४


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलर हिजोको तुलनामा स्थिर छ । डलर आज एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा कायम रहेको छ ।

त्यस्तै, यूरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ । मंगलबार एक यूरोको खरिद दर १४४ रुपैयाँ ०१ पैसा र बिक्री दर १४४ रुपैयाँ ६६ पैसा तोकिएको थियो ।

बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा पुगेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा कायम थियो । सोमबार देखिनै पाउण्ड लगातार बढ्दै आएको छ ।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसाले कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !