२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पः ९ जनाको गयो ज्यान, ८ सय भन्दा बढी घाइते

प्रकाशित मिति :  २१ चैत्र २०८०, बुधबार २१:१४


काठमाडौं । ताइवानमा आज २५ वर्षयताकै शक्तिशाली भूकम्प गएको छ । ७‌‍‍‌.५ म्याग्निच्युडको भूकम्प गएकाे थियाे ।

जसकाे धक्का जापान र फिलिपिन्समा पनि महसुस गरिएको थियो ।

अहिलेसम्म भूकम्पबाट ज्यान गुमाउनेको मानिसकाे संख्या नौ पुगेको छ भने आठ सय बढी घाइते भएका छन् ।

यसअघि पनि ताइवानमा सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला २ हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।

यो भूकम्प पूर्वी ताइवानको हुआलियन सहरमा केन्द्रबिन्दू भएर आएकाे थियाे ।

भूकम्प नेपाली समय अनुसार बिहान पाैने ६ बजे गएकाे थियाे ।

ताइवानको केन्द्रीय मौसम विभागका अनुसार भूकम्पको गहिराई १५.५ किलोमिटर अर्थात् ९९.६ माइल मापन गरिएको छ ।

भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको थियाे । तर, जापानको मौसम विभागले अहिले त्याे सम्भवना नरहेकाे जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !