५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने

प्रकाशित मिति :  १७ चैत्र २०८०, शनिबार ०९:३३


काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । त्यहाँ मे २९ मा हुन लागेको निर्वाचनमा उहाँ उम्मेदवार हुन अयोग्य घोषित भएका छन् ।

निर्वाचन आयोगले जुमाको आपराधिक अभिलेखका कारण यस्तो निर्णय गरेको जनाएको छ ।

सन् २०१८ मा जुमाको आफ्नै पार्टी अफ्रिकन नेसनल कांग्रेस (एएनसी) ले उहाँलाई राष्ट्रपति पदबाट राजीनामा दिन आग्रह गरेको थियो । तर उहाँले अस्वीकार गरेका थिए । यसपछि, दक्षिण अफ्रिकाको सर्वोच्च न्यायिक निकायले उहाँलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा २०२१ मा १५ महिनाको जेल सजाय सुनाएको थियो ।
८१ वर्षीय जुमालाई आयोगको निर्णयविरुद्ध अपिल गर्न अप्रिल २ सम्मको समय दिइएको छ ।

जुमाले आफंनै विगतमा अध्यक्ष भएको पार्टी एएनसी विरुद्ध सक्रिय रूपमा अभियान चलाइरहेका छन् ।

जुमा दक्षिण अफ्रिकाको चौथो राष्ट्रपति भएका थिए । जुमालाई जुलाई २०२१ मा न्यायिक आयोगमा उपस्थित हुन दिएको अदालतको आदेश अवहेलना गरेकोमा १५ महिनाको जेल सजाय सुनाएको थियो ।



प्रतिक्रिया दिनुहोस !