५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनमा भूकम्पमा परी ज्यान गुमाउनेकाे सङ्ख्या एकसय एकतीस पुग्याे

प्रकाशित मिति :  ४ पुष २०८०, बुधबार ०६:४६


गान्सु । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी ज्यान जानेकाे सङ्ख्या १३१ पुगेको छ ।

चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म ज्यान गुमाउनेकाे सङ्ख्या एक सय ३१ पुगेको छ भने घाइतेको सङ्ख्या सात सय ८२ पुगेको छ ।

भूकम्पले छिङहाइ प्रान्तमा १८ जनाको ज्यान लिएको स्थानीय अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् ।

बिहान ५ः३० बजेसम्म, प्रकोपका कारण क्विङहाइमा १९८ जना घाइते भएको रिपोर्ट गरिएको छ भने अन्य १६ जना अझै बेपत्ता छन् ।

चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार भूकम्प राति ११ बजेर ५९ मिनेटमा गएको हो ।

भूकम्पको केन्द्र गान्सु प्रान्तको जिशिशानको बोनान–डोङ्सिआङ–सालार स्वायत्त काउन्टीबाट करिब आठ किलोमिटर टाढा रहेको बताइएको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !