५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीन–युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोप समेट्दै

प्रकाशित मिति :  १० मंसिर २०८०, आईतवार ००:३४


काठमाडौं ।

चीन–युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोपलाई समेटेको छ ।

आजसम्म करिब ८१ हजार चीन–युरोप मालवाहक रेल यात्रा सम्पन्न गरी २५ युरोपेली देशहरूका २१७ शहरहरूमा सेवाहरू प्रदान गरिसकेको राष्ट्रिय विकास र सुधार आयोगले जनाएको छ ।

चीन–युरोप मालवाहक रेलहरूले एसिया र युरोपमा अन्तरराष्ट्रिय यातायात मार्गहरूको आकार परिवर्तन गरेको छ । आर्थिक सहयोगका लागि नयाँ प्लेटफर्म निर्माण गरेको छ र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता सुनिश्चित गर्न मद्दत गरेको आयोगका अधिकारी सु जियानपिङले पत्रकार सम्मेलनमा बताउँनु भएको छ ।

चीन–युरोप रेलवे एक्सप्रेस चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको प्रमुख उद्यमका रूपमा विकसित भएको छ । भविष्यमा यस किसमको सेवाहरू अझ विकसित र विस्तारित हुने अपेक्षा गरिएको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !