५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मादक पदार्थ सेवन गरी छाेराले लिए बुबाकाे ज्यान

प्रकाशित मिति :  २९ भाद्र २०८०, शुक्रबार ०६:३३


दाङ ।  मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा ज्यान गएकाे हाे । छोरा सन्तोषलाई प्रहरीले प्रकाउ गरी अनुसन्धान थालेको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !