१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी

प्रकाशित मिति :  ३ जेष्ठ २०८१, बिहीबार १३:०८


कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ बाणीस्थित ग्वालावारी सामुदायिक वनमा अवैधरुपले सालका रुख कटानी गरेको पाइएको छ ।

सालको सुकेको खडा एक र ढलापडा एक गरी दुई रुख बुधबार कटान गरी गोलिया बनाइ तस्करी गर्नका लागि ठिक्क पारिएको अवस्थामा बरामद भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताउनुभयो ।

खडा रुखबाट ११ र ढलापडा रुखबाट पाँच गरी १६ गोलिया आराको प्रयोग गरी काटेर राखिएको अवस्थामा फेला पारिएको उहाँले बताउनुभयो । बरामद काठ तीन सय १५ दशमलव ५० क्युविक फिट रहेको छ । बरामद काठ बाणी सव डिभिजन वन कार्यालयमा राखिएको छ ।

सव डिभिजन वन कार्यालयले अवैधरुपमा काठ तस्करी गर्नका लागि रुख कटानी गर्नेहरुको पहिचान गर्न अनुसन्धानको कार्य अगाडि बढाएको जनाएको छ । सव डिभिजन वन कार्यालयले अनुसन्धान गरी तयार गरेको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढ्ने सूचना अधिकारी अवस्थीको भनाइ छ ।

काठ अवैधरुपमा कसले काटेको भन्नेबारे अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “चाँडै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउछौँ । यसअघि कृष्णपुर–२ कै गडबिजुला सामुदायिक वनमा अवैधरुपमा काठ कटान गरी तस्करी गरेको आरोपमा वनका पदाधिकारी पक्राउ परेका थिए ।

-रासस


339
Shares

प्रतिक्रिया दिनुहोस !