५ जेष्ठ २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनले जारी गर्यो नयाँ नक्सा, अरुणाञ्चल चीनमा

प्रकाशित मिति :  १२ भाद्र २०८०, मंगलवार ०८:४०


काठमाडौं । चीनले भारतको अरुणाञ्चल प्रदेशलाई आफ्नो हिस्सा भन्दै नयाँ नक्सा जारी गरेको छ ।

चीनले भारतको अरुणाञ्चल प्रदेशलाई आफ्नो हिस्सा भन्दै सोमबार नयाँ नक्सा जारी गरेको हो ।

उक्त नक्सालाई चीनले स्टान्डर्ड म्याप भनेको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनले समेटेको छ ।

ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङको केही दिनअघि मात्र भेट भएको थियो । सो भेटमा दुई देशको सीमा विवादको बारेमा छलफल भएको बताइएको बेला यो नक्सा जारी भएकाले यसलाई अर्थपुर्ण रुपमा हरिएको छ ।

यसअघि सन् २०२३ को अप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशको ११ स्थानको नाम बदल्ने अनुमति दिएको थियो । चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर जमिनमा आफ्नो दाबी गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !