२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मेस्सीको नेतृत्वमा इन्टर मियामीले जित्यो लिग कपको उपाधि

प्रकाशित मिति :  ३ भाद्र २०८०, आईतवार १२:४६


वासिङ्टन । लिओनेल मेस्सीको उत्कृष्ट गोलको मद्दतमा इन्टर मियामीले नासभिललाई पेनाल्टी सुटआउटमा १०–९ ले पराजित गर्दै लिग कपको उपाधि जितेको छ ।

न्याशभिलको जियोडिस पार्कमा भएको खेलको २३ औं मिनेटमा अर्जेन्टिनी विश्वकप विजेता मेस्सीले बायाँ खुट्टाको माथिल्लो बायाँ कुनामा प्रहार गरेको बललाई गोलमा परिणत गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनु भएको थियो ।

साम सुरिजको कर्नरबाट दिएको बललाई हेडिङको सहायतामा बलम फाफा पिकाल्टले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याउनु भएको थियो ।

निर्धारित ९० मिनेटको खेलको अन्तिम चरणमा दुवै टोलीले नाटकीय जितको अवसर पाएका थिए ।

पछि, ड्रेक क्यालेन्डरले पेनाल्टी सुटआउटमा दुई बचाउ गरेपछि निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै इन्टर मियामीका समर्थकलाई खुशी पार्नुभएको थियो ।

इङ्ल्यान्डका पूर्वकप्तान डेभिड बेकह्यामको स्वामित्वमा रहेको फ्लोरिडा क्लबमा आबद्ध भएयता मेस्सीले छ खेलमा नौ गोल गरिसक्नुभएको छ । लिग कप संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोका क्लबहरूको एक वार्षिक प्रतियोगिता हो ।
-रासस



प्रतिक्रिया दिनुहोस !